मोबाइललाई कोरोनामुक्त राख्ने उपाय

– सुरुमा मोबाइलको कभर केस निकाल्ने । सहजताका लागि मोबाइल स्विच अफ पनि गर्न सकिन्छ ।

– त्यसपछि, माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्ने । जस्तै, चस्मा पुछ्ने कपडामा हल्का साबुनपानी राख्ने । कपडा ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ । यसबाट मोबाइलको सतहमा रहेका कीटाणु र ओसिलोपन हट्छ । यसबाहेक, अन्य कुनै लिक्विड वास प्रयोग गर्नु उचित हुँदैन ।

– मोबाइलको अघिल्लो र पछिल्लो भागमा ध्यानपूर्वक सफा गर्नुपर्छ । तर, मोबाइलका चार्जिङ पोर्ट, इयरफोनको पोर्ट तथा अन्य पोर्टबाट भने सजग रहनुपर्छ । यस्ता पोर्ट ओसिलो पार्नु हानिकारक हुन्छ ।

– आइफोन प्रयोगकर्ताका लागि ७० प्रतिशत अल्कोहलको मात्रा भएको आइसोप्रोपाइनल अल्कोहल वाइप्स प्रयोग गर्न मिल्ने एप्पल कम्पनीले सुझाएको छ । यस्ता वाइप्स कम्प्युटर पसलसँगै अनलाइनमा पनि पाउन सकिन्छ ।

– साथै, मोबाइलको कभरमा पनि इयर बर्डले कुनाकप्चामा सफा गर्नुपर्ने हुन्छ ।

– खाना खाँदा, ट्वाइलेट जाँदा मोबाइलको प्रयोग गर्न बन्द गर्नुपर्छ । यसमा संक्रमणको कमी घट्छ, जुन हाम्रै स्वास्थका लागि आवश्यक छ । यसका साथै, मोबाइल चलाउनुअघि र पछि साबुनपानीले हात धुनुपर्छ । साभार:- नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार