बामदेव कास्की- मा नलड्ने, स्थानीय नेतालाइ प्राथमिकता दिन अाग्रह

काठमाडौं, असोज ४  गते । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीकाे निधनपछि रिक्त कास्की- २ काे उपनिर्वाचनमा लड्ने चर्चा गरिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गाैतमले अाफु उपचुनाव नलड्ने घाेषणा गर्नु भएकाे छ । २०७४ सालमा सम्पन्न प्रतिनिधीसभा निवर्वाचनमा बर्दिया- १ बाट अनपेक्षीत हार व्यहाेरेपछि सँसदमा प्रवेशकाे बाटाे खाेजिरहनुभएका गाैतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठकमा अाफू उपनिर्वाचन नलड्ने जानकारी गराउँनु भएकाे थियाे । 

पार्टी अध्यक्ष केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डेले कास्की- २ बाट उठ्ने कि नउठ्ने निर्णय लिन गाैतमलाइ सुझाउनु भएकाे थियाे । गाैतमले सामाजिक सञ्जालमार्फत बर्दियामा नेकपाकाे पक्षमा ठूलाे जनमत हुँदा समेत हार व्यहाेर्नु परेकाे र कास्कीमा मतान्तर त्यती बढी नभएकाले हार्न सक्ने भन्दै अाफु उपनिर्वाचन नलड्ने घाेषणा गर्नु भएकाे थियाे । गाैतमले अपिलमा ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु । यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’ भन्नुभएकाे छ ।

बामदेव उमेदवार हुने चर्चाकै कारण उपनिर्वाचन हुन दुइ महिनामात्र बाँकी रहँदा समेत राजनीतक बृत्तमा चुनावी माहाैल सिर्जना हुन सकेकाे थिएन । बामदेव अाउँदा छाड्नै पर्ने भएपछि नेकपाभित्र अाकाक्षा राख्नेहरुले समेत तयारी गर्न सकेका थिएनन भने नेपाली काँग्रेसले बामदेवसँग भिड्ने उमेदवारकाे खाेजी गरिरहँदा स्थानीय नेताहरु सक्रिय भएका थिएनन । नेकपाबाट कास्कीकै स्थानीय नेता उमेद्वार बन्ने पक्का भएपछि काँग्रेसलेपनि साेही अनुसार तयारी थाल्ने अाँकलन गरिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार