भारात्तोलनमा कास्कीलाई सात स्वर्ण

बागलुङ, फागुन १० गते । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्र्तगत बागलुङमा भएको भारात्तोलनको छनोट खेलमा कास्कीले सात र बागलुङले एक स्वर्ण पदक प्राप्त गरेका छन् ।

प्रदेश नम्बर पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि गण्डकी प्रदेश स्तरीय भारात्तोलनको छनोटमा महिलातर्फको ४९ केजी समूहमा मनकुमारी राना, ५१ केजी समूहमा टिकामाया गुरुङ, ६४ केजी समूहमा मनिसा श्रेष्ठ र ७१ केजी समूहमा पुनम परियारले स्वर्ण पदक प्राप्त गरेका थिए ।

पदक जित्ने राना बागलुङ र अन्य सबै खेलाडी कास्कीका हुन् ।  भारात्तोलनको पुरुषतर्फ ६१ केजी समूहमा पुस्कल थापा, ६७ केजी समूहमा धनबहादुर झाक्री, ८९ केजी समूहमा भोजबहादुर भुजेल, ६३ केजी समूहमा रजत धेवाजु र ८१ केजी समूहमा कास्कीका भरत गौदार श्रीसले स्वर्ण पदक प्राप्त गरेका थिए ।

यी सबै खेलाडी कास्कीका हुन् । प्रतियोगितामा सहभागी नवलपुरका अविशेष पौडेलले रजत पदक, बागलुङका दीपक पुन र पदमबहादुर थापाले रजत पदकमा चित्त बुझाउँनु परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार