बर्दियाः बाघले झम्टेर लगेको महिलाको शव भेटियो

बर्दिया – पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति मोटरसाएकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको छ ।

पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर निकुञ्जभित्र कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा महिलाको शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो । पाटे बाघले महिलाको घाँटी, कम्मर र खुट्टाको आधा भाग खाएको अवस्थामा शव फेला परेको जनाईएको छ ।

बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गरिरहेको थियो । मोटरसाइकलमा सवार आमाछोरा कैलाली लम्किचुहा नगरपालिका ४ आफ्नो घर तर्फ जाँदै गर्दा शुक्रबार राति साढे ८ बजेतिर ५० वर्षकी नन्दकला थपालाई पाटे बाघले मोटसाईकलबाटै झम्टेर लगेको थियो । मृतक महिलाका छोरा मोटसाइकल चालक सन्तोष थापालाई सामान्य चोट लागेको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार