ओलीको कदमविरुद्ध जसपाको कडा मसाल जुलुस

रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा जनता समाजवादी पार्टी ९जसपा० ले प्रहरी हस्तक्षेपका बीच शनिबार राजधानीमा मसाल जुलुस निकालेको छ । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच घम्साघम्सी भएको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिबाट सोही दिन प्रतिनिधिसभा विघटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार