रोबोटिक शल्यक्रिया गर्ने दक्ष जनशक्ति नेपालमा छ : डा लियु रोङ

चिनियाँ नागरिक डा.लियु रोङ सेकेन्ड डिपार्टमेन्ट अफ हेपाटोप्यानक्रियाटिको बिलियरी(एचपिबी)मा अंकोलोजी सर्जरीका प्रमुख हुन्। उनी चाइनिज पिपुल्स लिबेरसन आर्मी जेनेरल अस्पताल बेइजिङमा कार्यरत छन्। उक्त डिपार्टमेन्टले विश्वमै सबैभन्दा बढी रोबोटिक सर्जरी (रोबोटको सहायतामा गरिने शल्यक्रिया) गरेको छ। उनले डा भिन्सी रोबोट सिस्टमबाट एचपिबी सर्जरी गरिरहेका छन्। हालै उनी नेपाल आइपुगेका छन्। उनै रोङसँगको संक्षिप्त कुराकानी : 

रोबोटिक एचपिबी सर्जरी भनेको के हो? 
रोबोटिक एचपिबीको पूरा अर्थ रोबोटिक हेपाटोबिलियरी एन्ड पेनक्रियाटिक सर्जरी हो। यो रोबोटको सहायतामा गरिने शल्यक्रिया हो। यस्तो प्रकृतिको शल्यक्रियामा सर्जनले बिरामीको शरीरमा मसिना चिरा पार्छ र भित्र थ्रिडी क्यामरा पनि फिट गरिएको हुन्छ।सर्जन कम्प्युटरमा बस्छ र उसले भित्री अंगहरू हेर्न सक्छ।

साना रोबोटिक हातको सहायतामा शल्यक्रिया गरिन्छ। सुइजस्ता साना रोबोटिक हात शल्यक्रिया गर्नुपर्ने सम्बन्धित ठाउँमापुर्याएर रोग शल्यक्रिया गरिन्छ। यसरी शल्यक्रिया गर्दा शरीरको धेरै भाग चिर्नुपर्दैन। यसकारण बिरामीलाई दुःखाइ कम हुने र रगत पनि कम आउने हुन्छ।

संक्रमणको सम्भावना पनि एकदमै कम हुन्छ। बिरामी पनि छिटो निको हुन्छ। शल्यक्रिया गर्ने यो प्रविधि सरल पनि छ। शल्यक्रिया गरेको ७ दिनभित्रै बिरामीलाई सञ्चो हुन्छ।

मानव शरीरका भित्री अंगको चित्र रोबोटले सर्जनलाईप्रष्ट रुपमा देखाइदिन्छ। शरीरको भित्री भागमा मसिना रक्तनली पनि यो मेसिनले देखाउँछ। यो सर्जरी अन्य प्रकृतिका सर्जरीका तुलनामा बढी सुरक्षित पनि हुन्छ।

यो सर्जरी सुरुवात गर्दा केही कठिनाइ पनि थिए कि?
सुरुवातमा यसरी शल्यक्रिया गर्न धेरु डाक्टरहरू डराउँथे। किनकी यो अलि बढी जटिल पनि हुन्छ। सामान्य तथा परम्परागत शल्यक्रियामा बानी परेका हामीहरूलाई प्राविधिक समस्या आउने गर्थे। शल्यक्रायजटिल बन्दै गएर मृत्यु हुने खतरा पनि हुन्थ्यो।

हामीले चीनमा यो प्रविधि सुरु गरेको १३ वर्ष जति भयो। संक्रमण कम हुने भएकाले यो विस्तारै लोकप्रिय पनि बन्दै गएको छ।

हातैले शल्यक्रिया गर्दा शरीरको पूरै भित्री भागसम्म जान मिल्दैन। तर यसमा कहाँ कसरी जाने र कति डिग्रीमा रोबोटिक हात लैजाने सेटिङ गर्न मिल्छ। हातले गर्न अप्ठ्यारो हुने काम पनि यस मेसिनले सजिलो बनाइदिन्छ। रोबोटले काम छिटोछरितो बनाइदिएको छ।

सामान्य शल्यक्रिया र रोबोटको सहायताले गरिने शल्यक्रियाबीच के फरक छ?
सामान्य शल्यक्रिया गर्दा हामीले बिरामीको अंगको भाग धेरै काट्नुपर्छ, चिरफार अलि बढी गर्नुपर्ने हुन्छ। तर रोबोटिक प्रविधिमा भने शरीरको सम्बन्धित भागमा मात्र चिरिन्छ जसले गर्दा धेरै रगत बग्न दिँदैन। अनि जोखिम पनि कम हुन्छ। शल्यक्रिया गर्न समय पनि कम लाग्छ। विश्वसनीयतामा कुनै शंका हुँदैन।

अहिलेसम्म हाम्रो डिपार्टमेन्टले यही प्रविधिबाट ३ हजारभन्दा बढी शल्यक्रियासफल गरिसकेको छ।यसरी शल्यक्रिया गर्ने विश्वकै सबैभन्दा ठूलो संस्था पनि हाम्रै डिपार्टमेन्ट हो। म आफैंले भने २ हजार ६ सयभन्दा बढी शल्यक्रिया गरिसकेको छु।

के नेपालले पनि यस्तो प्रविधि भित्र्याउन सक्छ? नेपालका अस्पतालहरुसँग सहकार्य गर्न इच्छुक हुनुहुन्छ कि? 

चीनमा अहिले यो सर्जरीको माग बढिरहेको छ। मानिसहरूले मनपराइरहेका छन्। हरेक अस्पतालले यस्तो प्रविधिबाट शल्यक्रिया गर्न पहल थालेका छन्।

यो प्रविधि अलि महंगो छ। एउटा मेसिनको ४० लाख डलर पर्छ, यदि नेपालले पनि इच्छाशक्ति देखायो भने यहाँ पनि सञ्चालन गर्न गाह्रो छैन। मेसिन किन्ने क्षमता भए त्यसका लागि चाहिने दक्ष जनशक्ति नेपालमा छ।

डाक्टर सबैतिर पुग्छन्। एक अर्कासँग सम्पर्क भइराखेका हुन्छौं। यो सेवा नेपालमा आउनु राम्रो कुरा हो। हामी पनि यसमा सहकार्य गर्न हामी इच्छुक छौं। भविष्यमा मिलेर काम गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार