दुखद खबरः अटो र सुमो एक आपसमा ठोक्कीदा हेमराज राईको मृत्यु, ४ घाईते

उदयपुरको चौदण्डिगढी नगरपालिका बेल्टारमा बिहिबार अटो र सुमो एक आपसमा ठोक्कीदा अटो चालकको मृत्यु भएको छ । बेल्टार स्थित मदन भन्डारी लोकमार्गमा पर्ने द्वारखोला पुल नजिक दुर्घटना हुंदा थप चार जना घाइते भएका छन ।

स १ च १४४६ नम्बरको टाटासुमो र प्र २– ०१ – ह ०७७४ नम्बरको अटो एक आपसमा ठोक्कीदा अटो चालक चौदण्डिगढी नगरपालिका वडा नं ६ सिर्वानी बस्ने २६ बर्षका हेमराज रार्इको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा त्रियुगा नगरपालिका १ का ३६ का सुरेन्द्र बस्नेत बर्ष ३५ कि कल्पना बस्नेत छोरा बर्ष ५ को सुभाष बस्नेत र सोही ठाँउकी ५७ बर्षिया साबित्रा कार्की रहेको प्रहरीले जनाएको छ । घाइतेको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
सुमो चालक त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ३७ को चन्दन कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार