आयो निकै खुशीको खबरः अब लाइसेन्स ट्रायलमा यस्ता गल्ती भएपनि सिधै पास

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।
यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सेतोपाटीलाई जानकारी दिए।

ुअहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या देखियो। त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको हो,ु उनले भने।

हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास(फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै एट (८) मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।

यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए।

ुअहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,ु हमालले भने।

समग्रमा ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए।
५ सय वा एक हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं। प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिनेछन्,ु हमालले भने।

योसँगै विभागले सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम पनि हटाउन लागेको छ।

यसको लागि सर्भर क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको हमालले जानकारी दिए।

सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आयो त्यसकारण अनलिमिटेड बनाउन लागेका हौं,ु उनले भने।

तयारी पूरा भए यही बिहीबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उनले जानकारी दिए। यसरी फारम भर्दा एकैपटक धेरैले भरे पनि सिस्टमले ुवेटिङुमा राखेर बायोमेट्रिकको मिति तोक्ने उनले बताए।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि लाइसेन्स आवदेन खुला गरेको थियो। आवेदन खुला भए पनि कोटा सिस्टम फारम भर्नेहरू अधिक भएकाले अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

कसरी भर्ने अनलाइन फारम ?

विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन्।

अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने।

त्यसपछि ुएप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्लीु देखिन्छ। त्यहाँ ओकेमा क्लिक गर्ने। र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ।
यो समाचार रातो पाटीमा सुधिर भण्डारीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार