कोरोनाभाइरसबाट कसरी सुरक्षित हुने?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट जोगिन सबैभन्दा महत्त्वपूर्ण र आधारभूत उपाय भनेको सरसफाइ नै हो।

  • नियमित रूपमा साबुनपानीले हात धुनुहोस् वा गुणस्तरीय स्यानिटाईजर दल्नुहोस्। यसो गर्दा हातमा भएका भाइरसहरू मर्छन्।
  • नाक, मुख र आँखा नछुनुहोस्। किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ।
  • खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिशूले नाक र मुख छोप्नुहोस्। अथवा हात उचालेर कुहिनोले ढाक्नुहोस्। त्यसो गर्दा भाइरस फैलिन पाउँदैन।
  • दूषित रुमाल र टिशू सुरक्षित रूपमा तुरुन्त फाल्नुहोस्। त्यसो गर्दा भाइरसयुक्त छिटाबाट अरू मानिसलाई जोखिम हुँदैन

 

  • कोरोनाभाइरसबाट जोगिन दुई मिटर दूरी कसरी राख्ने ?
  • ·एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुहोस्। त्यसो गर्दा एक व्यक्तिमा भएका भाइरस अर्कोमा सजिलै पुग्न सक्दैनन्।·भिडभाडमा नजानुहोस्। सकेसम्म घरमै बस्नुहोस्। त्यसो गर्दा भाइरस फैलिने सम्भावना कम हुन्छ।

    ·बाहिर जाँदा वा अरू व्यक्तिलाई भेट्दा हात नमिलाउनुहोस्। नमस्कार गरेर वा हात हल्लाएर पनि अभिवादन गर्न सकिन्छ।

    के मास्क र पन्जा उपयोगी छन्?

    सामान्य मास्क धेरै खुकुला हुन्छन् र तिनले आँखा छोप्न पनि मिल्दैन। अनि त्यस्ता मास्क लामो समयसम्म लाउन मिल्दैन।

    मास्कले सङ्क्रमण हुन नदिने सुनिश्चित नगरे पनि सङ्क्रमित व्यक्तिले लगाउँदा मास्कले खोक्दा वा हाछ्युँ गर्दा उत्सर्जन हुने छिटा धेरै मात्रामा रोकिदिन्छ।

    मास्क र पन्जाले थोरै मात्रामा मात्र सुरक्षा गर्छन्। त्यसले विज्ञहरूले बारम्बार हात धुन सुझाव दिएका छन्।

    धेरै मानिसमा सङ्क्रमण भए पनि लक्षण नदेखिने हुँदा आफ्नो र अरूको सुरक्षाका लागि मास्क लगाउनु उपयुक्त नै हुन्छ।

    तर विश्व स्वास्थ्य सङ्गठनले पन्जा लगाए पनि अनुहार छुँदा भाइरस सर्ने सम्भावना भएकाले नियमित साबुनपानीले हात धुनु बढी सुरक्षित हुने बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार